दफा ६७
योग्य नमानिने
(१) सार्वजनिक वा निजी संस्थामा काम गर्ने व्यक्तिले बालबालिका विरुद्धको कसूर गरेको ठहरेमा निजलाई प्रचलित कानून बमोजिम वर्खास्त गरी कसूरको गाम्भीर्यता र प्रकृतिको आधारमा भविष्यमा बालबालिकासँग प्रत्यक्ष सम्बन्ध राखी गर्नुपर्ने कार्यका लागि वा त्यस्तो निजी संघ, संस्थामा नियुक्त, मनोनित वा निर्वाचित हुन दश वर्षसम्म योग्य मानिने छैन।
(२) यस ऐन वा प्रचलित कानून बमोजिम बाल यौन दुर्व्यवहारमा कसूरदार ठहरेको व्यक्तिले नैतिक पतन देखिने फौजदारी कसूर गरेको मानिनेछ।